‘एक-दुई पद त छन् नि महिलाले पाएका !’
नेपालखोज
२०७९ माघ ८ गते १६:२७

पुरुषहरुको देशमा
महिलाले पाउने
छोराछोरी मात्रै हो
पद होइन !
झुक्किएर पाइहाले भने
उप पाउने हो
उप भनेको चुप लाउने हो !
भन्नुहोला-
‘एक-दुई पद त छन् नि महिलाले पाएका !’
महोदय,
ती पद त केवल रुमाल हुन्
मुख देखाउनै नहुने भएपछि पुरुषले
छोप्न आफ्नू मुखमा लाएका !!

सम्बन्धित
प्रतिक्रिया