इमान सिला खोज्ने मूर्ख म !
नेपालखोज
२०७९ माघ ९ गते १५:५४

बसेर बेइमानहरुको स्वर्गमा
इमान सिला खोज्ने मूर्ख म !
अनि गालि
मलाई नदिए कल्लाई दिने ?!
गालीमा त मेरो हक लाग्छ !
महोदय !
दिनोस् गाली मलाई
म ढल्काएर लाउँछु,
सबै भन्दा बढी मेरै शीरमा सुहाउँछ !
मलाई दिनुभयो भने
कमसेकम गालीमा त समृद्धि आउँछ !!

सम्बन्धित
प्रतिक्रिया