ब्याजदरमा एकरुपता ल्याउन सहकारीबीच सम्झौता
नेपालखोज
२०७७ वैशाख २५ गते १५:२७
काठमाडौं । राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ ( नेफ्स्कून) बीच ब्याजदरमा एकरुपता गर्ने सहमति भएको छ ।
बैंक र नेफ्स्कूनले ब्याजदरमा एकरुपता गर्ने लगाएतका विषयमा सहकार्य गर्ने सहकार्य गर्न यही वैशाख १७ गते सहमति पत्रमा हस्ताक्षर समेत गरेका थिए ।
दुवै संस्थाबीच वित्तीय सहकारीको स्थायीत्व र दिगो सञ्चालनका लागि सहकार्य गर्ने विषयमा सहमति भएको जनाइएको छ ।
दुवै संस्थाले कोरोना संक्रमणका कारण सहकारीमा पर्न जाने वित्तीय संकट टार्न, नेपालको सहकारी अभियानलाई ब्यवस्थित र ब्यवसायिक बनाउन सहकार्य गर्ने जनाएको छ ।
सहकार्य गर्नका लागि नेफ्स्कूनका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको संयोजनमा बैंक र नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत पदेन सदस्य रहने गरी ८ सदस्यीय कार्यदलसमेत गठन गरेको जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया