आइतबार, वैशाख ७, २०८२

स्वीस सरकारले दिएको ३० हजार पीसीआर किट आज नेपाल आइपुग्दै

नेपालखोज २०७७ वैशाख २५ गते १८:१८

काठमाडौं । स्वास्थ्य सामाग्री अभाव भएकाबेला स्वीजरल्याण्ड सरकारले नेपाललाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । स्वीजरल्याण्ड सरकारको सहयोगमा उपलव्ध ३० हजार पीसीआर किट आज साँझ काठमाडौँ आइपुग्ने भएको छ ।

पीसीआर किटसँगै र त्यति नै परिमाणमा आर एनए एक्सट्रयाक्टस किट पनि आइपुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । अष्ट्रेलिया पुगेको नेपाल वायुसेवा निगमको वाइडवडी विमानले आज बेलुकासम्ममा ती किट काठमाडौ ल्याउने भएको हो ।

स्वीस सरकारको सहयोगमा आउन लागेको ठूलो परिमाणको किट ल्याउने माध्यम नहुँदा सिंगापुरमै अड्किएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले ती किट बुधबार बेलुका नै विमानमा लोड भइसकेको र बिहिबार आज बेलुका छ बजेसम्ममा वाइडबडी विमान काठमाडौँ अवतरण गर्ने तालिका रहेको जानकारी दिए ।

डा. पोखरेलका अनुसार सिंगापुरमा रहेको किटलाई हिजो नै स्थलमार्गबाट मलेसियाको राजधानी क्वालालम्पुर ल्याइएको थियो ।अष्ट्रेलियाको सिड्नीका लागि चालक दलका सदस्यसहित ३०० यात्रु बोकेर उडेको सो चार्टड विमान क्वालालम्पुरमा रिफ्युलिङ (तेल भर्न) का लागि अवतरण गरेको थियो । त्यसबेला नै किट लोड गरिएको थियो ।

प्रतिक्रिया