बजेटबारे राष्ट्र बैंकको अन्तरक्रिया
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रम तर्जुमाको निम्ति सुझाव संकलन गर्ने उद्देश्यका साथ वेबीनार मार्पmत अन्तरक्रिया कार्यक्रम गरेको छ ।
कोरोना भाइरसको कारण सामाजिक दूरी कायम गर्नुपर्ने कारण बैंकले भिडियो कन्फ्रेन्स आफ्नो अन्तरक्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा बैंक तथा वित्तीय संस्था, पुँजी बजार, उद्योग, वाणिज्य, कृषि, पर्यटन, निर्यात व्यवसायी, सहकारी, घरेलु तथा साना उद्योगलगायत आर्थिक क्षेत्रसँग सम्बद्ध संस्थाका प्रतिनिधिहरू एवम् अर्थ्विज्ञसँग राष्ट्रबैंकले पूर्वबजेटकालीन प्रतिवेदनका सुझावहरू संकलन गरेको छ ।
सहभागीहरुले आ–आफ्नो क्षेत्रसँग सम्बन्धित विषयमा धारणा राख्दै कोरोनाको विषम परिस्थितिका कारण आफ्नो क्षेत्रमा परेको असर न्यूनीकरणका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ बजेटले समेट्नुपर्ने आवश्यक नीतिगत सुझावहरू प्रस्तुत गरेका छन ।
गभर्नर महाप्रसादअधिकारीले कोरोनाले अर्थतन्त्रमा पारेको नकारात्मक प्रभावलाई न्यूनीकरणको निम्ति नेपाल राष्ट्र बैंक केन्द्रित रहेको उल्लेख गर्दै सहभागीहरूबाट प्राप्त सुझावहरूसमेतको आधारमा नेपाल सरकारसमक्ष पूर्वबजेटकालीन समीक्षा प्रतिवेदन पेश गरिने जानकारी दिए ।
प्रतिक्रिया