त्यो पहिलो प्रेमपत्र !

ईसाको तेश्रो शताव्दीमा रोमनका राजा क्लाडियसले रोम राज्यका सैनिक तथा कर्मचारीलाई विवाह गर्न बञ्चित गराए । विवाहले पुरुषमा भएको आत्मविश्वास र शक्ति क्षिण हुन्छ भन्ने थियो । तर सेंट बैलेन्टाईनले यसको बिरोध गर्दै विवाह गर्न प्रेरित गराए । जसको फलस्वरुप क्रुद्ध भएका राजाले सेंट भेलेन्टाईनलाई १४ फब्रुअरी २६९ मा फाँसी दिए ।
फलस्वरुप, पाँचाैँ शताब्दीमा पोप गेलासियसले १४ फब्रुवरीलाई सेन्ट भेलेन्टाईन डे घोषणा गरे । तर प्रेमी प्रेमिकाको लागी थिएन । सन् १४१५ मा कैँदमा बसिरहेका चाल्र्स, ड्युक अफ ओर्लियन्सले पहिलो पटक आफ्नो पत्नीलाई प्रेमपत्र पठाए, जसमा उनले लेखेका थिए, तिम्रो भेलेन्टाईन । यस पछि भेलेन्टाईन शब्द नै प्रेमीको पर्याय बन्यो ।
अचेल त यो सप्ताहब्यापी उत्सव भएको छ । ७ तारीखबाट शुरु हुने उत्सवमा पहिलो दिन आफ्नो मन परेको प्रेमी वा प्रेमिकालाई गुलावको फूल दिदै आफ्नो अन्तर्भावना मौन रुपमा व्यक्त गरिन्छ । दोश्रो दिन व्यक्त गर्दै प्रपोज गरिन्छ, तेस्रो दिन सुरुवात मिठो होस भन्दै चकलेट दिईन्छ, चौथो दिन खुला हृदयले एक अर्कोलाई चाहेको भावना स्वरुप भालुको बच्चा खेलौना (टेड्डी बियर) दिने गरिन्छ ।
पाँचौ दिन सदैव एक अर्काको हुने बाचा गरिन्छ, छैठौ दिन अंगालोमा बाँधेर प्रेम सत्य रहेको भाव जनाईन्छ । सातौ दिन चुम्वन गर्दै सपना साकार भएको स्विकारोक्ती गरिन्छ । आठौ अर्थात अन्तिम दिन वास्तविक भेलेन्टाईन भएको स्विकार्दै प्रेमको दिवश मनाईन्छ ।
बिदेशी प्रभावमा प्रवेश गरेको उत्सव हुँदा अनाबश्यक खर्च गर्दै उच्छृंखलताले नमनाऔँ । सामाजिक रुपले हाम्रो पर्व होईन तर पनि बिश्वब्यापिकरणको प्रभाव हामी कहाँ प्रवेश गरेको स्विकार्नै पर्छ । तसर्थ मनाउनेलाई मनाउन दिऊँ ।
साथमा राखिएको सन् १४१५ मा पठाईएको पहिलो प्रेमपत्र हो । ६०० बर्ष पुरानो प्रेमपत्र यसरी सुरक्षित राखिएको छ । आजका प्रेमिल जोडीको प्रेम पनि यसरी नै अमर रहुन् ।

प्रतिक्रिया