आइतबार, वैशाख ७, २०८२

अफगानी क्रिकेटर शफिकलाई ६ वर्षको प्रतिबन्ध

नेपालखोज २०७७ वैशाख २९ गते १३:४४

काठमाडौँ । अफगान विकेटकिपर–ब्याट्सम्यान शफिकउल्लाह शफिक ६ वर्षको क्रिकेट प्रतिबन्धमा परेका छन्। उनी भ्रष्टाचार विरुद्धको नियम तोडेको आरोपमा प्रतिबन्धमा परेका हुन्।

उनीमाथी अफगान क्लब नन्गाहर लियोपार्डबाट २०१८ मा र बंगलादेशी क्लब स्यालेट ठन्डरबाट २०१९को प्रतियोगितालाई लिएर ४ विषयमा मुद्दा चलाइएको छ। उनले खेलमा म्याच फिक्सिङ गरेको आरोप लगाइएको थियो।

३० वर्षे अफगानी खेलाडीले २४ एकदिवसीय र ४६ टी–२० म्याच खेलिसकेका छन्।

“जब देशको उत्कृष्ट खेलाडी घरेलु लिग ९अफगान प्रिमियर लिग०मै भ्रष्टाचारमा संलग्न हुन्छन्। यसलाई गम्भीर अपराधका रूपमा लिइन्छ,” अफगानिस्तान एन्टी करप्सन बोर्डका मेनेजर सायल अन्वर साह खुरेसीले भने, “उनीसँगै अर्का खेलाडीले पनि बंगलादेशमा भ्रष्टाचारमा संलग्न रहेको आरोप भए पनि प्रमाणित भएको छैन।”

प्रतिक्रिया