रुसको कोरोना अस्पतालमा आगलागी
नेपालखोज
२०७७ वैशाख ३० गते १६:३२
एजेन्सी । रुसको सेन्ट पिटर्सबर्ग शहरमा रहेको एक कोभिड–१९ अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ ।
स्थानीय प्रशासनका अनुसार अहिलेसम्म झण्डै एक सय ५० जनालाई अस्पतालबाट सुरक्षित रुपमा निकालिएको छ । घटनामा कति जना घाइते भएका छन् भन्नेबारेमा थप विवरण आउन बाँकी छ ।
रुसी समाचार एजेन्सीहरुका अनुसार भेन्टिलेटरमा शर्ट सर्किट हुँदा आगलागी भएको हो । घटनामा ज्यान गुमाएका सबै भेन्टिलेटरमा राखिएका बिरामी भएको बताइएको छ ।
कोरोना भाइरसको सङ्क्रमण बढ्ने क्रम नरोकिएको रुसमा अर्काे दुःखद घटना घटेको हो । हिजो मात्रै ११ हजार ६ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै रुसमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ३२ हजार २ सय नाघेको छ ।
रुसमा अहिलेसम्म २१ सय १६ जनाले ज्यान गइसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया