सोमबार, वैशाख ८, २०८२

नेप्से झण्डै १४ अंकले घट्दा एक अर्ब ७३ करोडको काराेबार

नेपालखोज २०७९ फागुन ३ गते १५:२३

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन १६ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन (बुधबार) पुन: १३ दशमलव ९० अंकले घटेर दुई हजार ९१ दशमलव ५६ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६६ अंकले घटेर चार सय दशमलव तीन अंकमा झरेको छ ।

आज दुई सय ५६ वटा कम्पनीहरुको ३३ हजार चार सय ८३ पटकको कारोबारमा ४८ लाख १५ हजार एक सय २० कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ७३ करोड २५ लाख ७५ हजार दुई सय दुई रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समूहको कारोबार भएकोमा उत्पादनमुलक समूहको सुचक ४६ दशमलव ८० अंकले बढेर बाँकी समुहहरुको सुचक भने घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक ७९ अंकले घटेर १३ सय ६० दशमलव ७२ अंकमा झरेको छ । विकास बैंक समुहको सूचक पनि २० दशमलव २८ अंकले घटेर तीन हजार छ सय ९४ दशमलव ३९ अंकमा झरेकोमा जलविद्युत समूहको सूचक पनि २४ दशमलव ५० अंकले घटेर २५ सय ७९ दशमलव २५ अंकमा झरेको छ ।

यसैगरी जीवन बिमा समूहको सुचक पनि एक सय १६ दशमलव ३९ अंकले घटेर १० हजार चार सय ५७ दशमलव ५३ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सूचक पनि ७२ दशमलव ११ अंकले घटेर नौ हजार ८३ दशमलव ६७ अंकमा झरेको छ । यि बाहेक फाइनान्स, होटेल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि घटेका छन् ।

नेप्सेमा आज युनिलिभर नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य आठ दशमलव ५४ प्रतिशतले बढेर २२ हजार रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा गरिमा डिवेञ्चर २०८५ को प्रतियुनिट सेयर मूल्य नौं दशमलव ९७ प्रतिशतले घटेर सात सय ८७ रुपैंयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज अपी पावर कम्पनीको प्रतिकित्ता दुई सय ८६ रुपैयाँ अन्तिम मुल्यमा छ करोड २० लाख नौं हजार तीन सय तीन रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया