दुई अर्ब ५० करोड रुपैयाँको नागरिक बचतपत्रको बिक्री आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैकले दुई अर्ब ५० करोड रुपैयाँ बराबरको नागरिक बचत पत्र बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुुसार यही फागुन १० गते देखि फागुन ३० गतेसम्म पाँच बर्षे अवधिको नागरिक बचतपत्र २०८४ ‘क’ (५ वर्षे) बिक्री गर्न लागिएको हो ।
नेपाली नागरिकहरुले खरिद गर्न सक्ने यो बचतपत्रको निष्काशन अवधि २०७९ चैत्र छ गते तोकिएको छ भने सावाँ भुक्तानी अवधि २०८४ चैत्र छ गते तोकिएको छ । खरिद गरिएको उक्त बचतपत्र धितो राखेर कर्जा लिन र दिन समेत पाईने छ भने खरिद गरिएको बचतपत्र अर्ध-वार्षिकरुपमा व्याज भुक्तानी हुने छ । बार्षिक ११ दशमलव ५० प्रतिशत व्याजदर तोकिएको यो बचत पत्रको व्याज आम्दानीमा व्याज कर लाग्ने छ ।
राष्ट्र बैंकका अनुसार बचतपत्र खरिदका लागि घटीमा १० हजार रुपैयाँ र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मको सिमामा रहेर खरिद गर्न सकिने छ ।
प्रतिक्रिया