विदेशी मुद्राको विनिमयदर : कति छ आज डलरको भाउ ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४१ रुपैयाँ ११ पैसा र बिक्रीदर १४१ रुपैयाँ ७५ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १५८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ५८ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको २१ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया