आइतबार, वैशाख ७, २०८२

कोरोना संक्रमणबाट २८ वर्षीय जापानी रेस्लरको निधन

नेपालखोज २०७७ जेठ १ गते १३:४१

काठमाडौँ । कोराना भाइरस ९कोभिड–१९०को संक्रमणबाट जापानमा एक रेस्लरको निधन भएको छ। २८ वर्षीय जापनी रेस्लर सेबुसी (कियोटाका सुताके)को बुधबार निधन भएको जापान सुमो एसोसिएसन ९जेएसए०ले जनाएको छ।

सेबुसीलाई गत अप्रिल १० मा कोरोना संक्रमण देखिएको थियो।

महामारीबाट ज्यान गुमाउने उनी जापानका पहिला रेस्लरसमेत हुन्। त्यस्तै जापानमा कोरोनाका कारण ज्यान गुमाउने ३० वर्षमुनिका उनी पहिला व्यक्ति हुन्।

डायबिटिजका बिरामीसमेत रहेका उनलाई अप्रिल १० पछि राजधानी टोकियोको एक अस्पताल भर्ना गरिएको थियो। उनको अवस्था नाजुक भएपछि अस्पतालको आइसीयुमा भर्ना गरिएको थियो।

सेबुसीले रेस्लिङमा सन् २००७ मा डेब्यु गरेका थिए। उनी जेएसएफको चौथो डिभिजनको ११ नम्बरमा पुगेका थिए।

जापानमा अप्रिल २५ मा लोवर डिभिजनका ४ रेस्लरमा कोरोनाको संक्रमण पाइएको थियो।

कोरोनाका कारण सुमो समितीले ओसाकामा अप्रिल २५ मा बन्द रंगशालाको रिङमा प्रतिस्पर्धा गराएको थियो।

त्यस्तै, कोरोनाका कारण रेस्लर संक्रमणमा पर्न थालेपछि टोकियोमा मे २४ बाट जुन २७ सम्म हुने भनिएको प्रतियोगिता पनि रद्द गरिएको छ।

यसैबीच, बंगलादेशका डेवलपमेन्ट कोच अशिकुर रहमानलाई पानि कोरोनाको संक्रमण देखिएको छ। बंगलादेश क्रिेकट बोर्डका प्रमुख मोहम्मद जलालले यसको जानकारी दिएका छन्।

एजेन्सी

प्रतिक्रिया