सोमबार, वैशाख ८, २०८२

नेप्से २२२ अंकमा, सातामा ६ अर्ब २७ करोडको सेयर किनबेच

नेपालखोज २०७९ फागुन १२ गते ११:१२

काठमाडौं । यो साता नेप्से दुई हजार २२ दशमलव ६४ अंकमा सिमित भएको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८४ दशमलव ३६ अंकमा सिमित भएको छ । दुई सय ६० वटा कम्पनीहरुको एक लाख २६ हजार पाँच सय १६ पटकको कारोबारमा एक करोड ७१ लाख ९७ हजार दुई सय ५४ कित्ता शेयर खरिद-बिक्री हुुँदा यो साता कुल कारोबार रकम छ अर्ब २७ करोड ३६ लाख १९ हजार तीन सय २७ रुपैंयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने नेप्सेमा दुुई सय ५६ वटा कम्पनीहरुको एक लाख ५६ हजार छ सय ६८ पटकको कारोबारमा दुई करोड २३ लाख ८८ हजार तीन सय ३६ कित्ता शेयर खरिद-बिक्री हुुँदा कुल कारोबार रकम आठ अर्ब २५ करोड २२ लाख ७३ हजार चार सय ८४ रुपैयाँ पुगेको थियो । यो साता नेप्से तीन दिन मात्र खुल्ला रहेको थियो । जसमध्ये पहिलो र तेस्रो दिन नेप्से बन्द रहेको थियो भने दोस्रो र पाँचौं दिन नेप्से घटेको थियो । चौंथो दिन भने नेप्से बढेको थियो ।

जसमध्ये दोस्रो दिन २३ दशमलव ६० अंकले घटेर दुई हजार ४६ दशमलव ८१ अंकमा खुम्चिएको नेप्से अन्तिम कारोबार दिन पनि ५७ दशमलव ७४ अंकले घटेर दुई हजार २२ दशमलव ६४ अंकमा सिमित हुन पुगेको थियो । यसैगरी दोस्रो दिन चार दशमलव ९१ अंकले घटेर तीन सय ९१ दशमलव ५३ अंकमा खुम्चिएको सेन्सिटिभ इन्डेक्स अन्तिम दिन पनि ११ दशमलव ९८ अंकले घटेपछि तीन सय ८४ दशमलव ३६ अंकमा सिमित हुन पुगेको थियो ।

यो साता बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा हिमालयन डिष्ट्रिलरी प्राली, जीवन बिकास लघुवित्त वित्तीय संस्था, ग्लोवल आईएमई बैंक आदि परेका छन् भने सेयर कारोबार भएको संख्याको आधारमा हिमालयन डिष्ट्रिलरी प्राली, नेपाल टेलिकम, एनआईसी एशिया बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन् । बजार पुँजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि अगाडि परेका छन् ।

प्रतिक्रिया