५ वटा प्रदेशमा थप स्वास्थ्य सामग्री पठाइयो
नेपालखोज
२०७७ जेठ २ गते १३:२१
काठमाडौँ । सरकारले वागमति र गण्डकी बाहेक ५ वटा प्रदेशमा थप स्वास्थ्य सामग्री पठाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश नम्बर १, प्रदेश नम्बर २, प्रदेश नम्बर ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हवाई तथा स्थल मार्गबाट गरी १४ हजार ७ सय थान आरडिटी र ७ हजार थान भिटिएम र पीपीईका सामग्रीहरु पठाइएको हो ।
हिजो स्वास्थ्य सामग्री पठाइएका प्रदेशका २८ वटा जिल्लामा कोरोना परीक्षण गर्ने योजना रहेको मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया