सोमबार, वैशाख ८, २०८२

झण्डै ८ अंकले नेप्से घट्दा १ अर्ब ८९ करोडको सेयर किनबेच

नेपालखोज २०७९ फागुन १५ गते १६:०९

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन तिव्र उतारचढावकाबिच चार दशमलव ५५ अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने पुन घटेको छ । नेप्से आज तीन दशमलव ६५ अंकले घटेर दुई हजार २३ दशमलव ५४ अंकमा झरेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव ८५ अंकले घटेर तीन सय ८३ अंकमा झरेको छ । दुई सय ५९ वटा कम्पनीहरुको ३७ हजार तीन सय ३८ पटकको कारोबारमा ५१ लाख २० हजार आठ सय ८८ कित्ता सेयर खरिद बिक्री भएकोमा आज कुल कारोबार रकम एक अर्ब ८९ करोड ३७ लाख ६३ हजार तीन सय ६५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा पाँच वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक एक दशमलव ३८ अंकले घटेर १३ सय २१ दशमलव ५६ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक १३ दशमलव आठ अंकले घटेर तीन हजार छ सय ५४ दशमलव २५ अंकमा झरेको छ ।

जीवन बीमा समुहको सुचक पनि आठ दशमलव ९६ अंकले घटेर १० हजार एक सय ८१ दशमलव ५१ अंकमा झरेकोमा फाईनान्स, लगानी, उत्पादनमुक र लघुवित्त समुहको सुचक पनि घटेका छन् । निर्जिवन बीमा समुहको सुचक भने सात दशमलव २७ अंकले बढेर आठ हजार नौं सय १३ दशमलव १८ अंकमा चढेकोमा होटल तथा पर्यटन, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज स्वाभिमान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ७३ प्रतिशतले बढेर १४ सय ८९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुंँदा राप्ती हाईड्रो एण्ड जनरल कन्सट्रक्सन प्रालीको प्रतिकित्ता सेयर मुल्य छ दशमलव ४३ प्रतिशतले घटेर तीन सय ६५ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालिको प्रतिकित्ता २२ सय ९० रुपैयाँ अन्तिम मुल्यमा छ करोड ६८ लाख आठ हजार छ सय ७६ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया