बुधबार, वैशाख १०, २०८२

राष्ट्र बैंकद्वारा ४२ करोड ५० लाख रुपैयाँ संस्थागत निक्षेप लगानीको प्रस्ताव

नेपालखोज २०७९ फागुन १७ गते १७:४१


काठमाडौं । नेपाल राष्ट्र बैकले ४२ करोड ५० लाख रुपैयाँ बराबरको संस्थागत निक्षेप लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । बुधबार बैंक तथा फाइनान्स कम्पनीहरुको नाउँमा सूचना जारी गर्दे राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको १८ करोड ५० लाख र अवकाष कोष अन्र्तगत कर्मचारी सुरक्षण कोषको नाउँमा रहेको २४ करोड रुपैयाँ बराबरको रकम संस्थागत लगानी गर्न लागेको जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार यसरी लगानी गरिने कुल रकम मध्येमा अवकाष कोष अन्र्तगत रहेको रकम लगानी अवधि तीन सय ६६ दिन अर्थाथ २०७९ चैत्र एक गते देखि २०८० चैत्र एक गतेसम्मको लागि रहेको छ । रकम लगानीको लागि यही फागुन १९ गतेभित्र बैंक तथा फाईनान्स कम्पनीहरुले आफ्नो संस्थाले लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याजसमेत तोकेर आवेदन दिनुपर्ने छ । अवकाष कोष अन्र्तगतको कर्मचारी सुरक्षण कोषमा रहेको रकम अन्र्तगत वाणिज्य बैंकको लागि १९ करोड २० लाख, राष्ट्रियस्तरका बिकासहरुको लागि तीन करोड ६० लाख र फाईनान्स कम्पनीहरुको लागि एक करोड २० लाख रुपैयाँ छुट्याईएको छ ।

उपदान तथा पेन्सन कोषमा रहेको रकम लगानीको लागि भने बैंक तथा फाईनान्स कम्पनीहरुले यही फागुन १९ गतेसम्म लगानी गर्न चाहेको रकम र व्याज समेत तोकेर आवेदन दिनुपर्ने छ । रकम लगानीको अवधि भने तीन सय ६६ दिन अवधि २०७९ चैत्र एक गतेदेखि २०८० चैत्र एक गतेसम्म तोकिएको छ । यस शिर्षक अन्र्तगत लगानीको लागि छु्ट्याईएको कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि १४ करोड ८० लाख, राष्ट्रियस्तरका बिकास बैंकहरुको लागि दुई करोड ७७ लाख ५० हजार र फाईनान्स कम्पनीहरुको लागि ९२ लाख ५० हजार रुपैयाँ छुट्याइएको छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशतभन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने शर्तहरु तोकिएको राष्ट्र बैंकको भनाई छ ।

प्रतिक्रिया