बुधबार, वैशाख १०, २०८२

बहुमुल्य पत्थर प्रशोधन गरी निर्यात गर्ने सरकारको नीति

नेपालखोज २०७७ जेठ २ गते १९:०९

काठमाडौं । आगामी आर्थिक वर्ष बहुमुल्य पत्थर प्रशोधन गरी निर्यात गर्ने सरकारले लक्ष्य लिएको छ ।

शुक्रबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो उल्लेख गरिएको छ । यस वर्ष दैलेख, बैतडी, बझाङमा फस्फोराइडको अन्वेषण कार्य सम्पन्न गरिने पनि सरकार नीति तथा कार्यक्रममा जनाएको छ ।

साथै आगामी आर्थिक वर्षमा आवश्यक पूर्वाधार तथा मेसिनरी जडान गरी नवलपरासीमा रहेको धौवादी फलाम कम्पनीबाट उत्पादन सुरु गरिने भएको छ ।

प्रतिक्रिया