भारतमा दुई ट्रक एक आपसमा ठोक्किदा २४ जना मजदुरको मृत्यु
नेपालखोज
२०७७ जेठ ३ गते ९:४८
एजेन्सी । भारतको उत्तर प्रदेशमा दुई ट्रक आपसमा ठोक्किदा ट्रकमा सवार २४ मजदुरको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार अन्य कयौँ मजदुर घाइते भएका छन् ।
घाइते सबैलाई उपचारका लागि नजिकैको अस्पताल लगिएको छ । ती सबै मजदुर राजस्थनदेखि आफ्नो घर आइरहेको बताइएको छ ।
दुर्घटना लगत्तै जति सक्दो चाँडै सबैको उद्दार गर्न मुख्यमन्त्री आदित्यनाथ योगीले निर्देशन दिएका छन् ।
अधिकारीहरूका अनुसार ट्रकमा सवार अधिकांश मजदुर बिहार, झाराखन्ड र पश्चिम बंगाल राज्यका थिए । उक्त ट्रकले गहुँको प्याकेट ओसारिहेको बताइएको छ ।
सम्बन्धित
प्रतिक्रिया