मंगलबार, वैशाख ९, २०८२

२६ अंकले नेप्से घट्दा एक अर्ब ३३ करोडको सेयर किनबेच

नेपालखोज २०७९ फागुन १८ गते १५:२७

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि नेप्से घटेर नौं रोकिएको छ । अघिल्लो दिन २४ दशमलव ४४ अंकले घटेको नेप्से आज पुन २६ दशमलव ४७ अंकले घटेर १९ सय ६९ दशमलव शुन्य दुई अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ८१ अंकले घटेर तीन सय ७३ दशमलव ५६ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ५६ वटा कम्पनीहरुको २८ हजार पाँच सय पटकको कारोबारमा ३६ लाख ५७ हजार एक सय ५४ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ३३ करोड ६३ लाख ३३ हजार नौ सय ६४ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १२ दशमलव ३६ अंकले घटेर १२ सय ९७ दशमलव १६ अंकमा झरेको छ । बिकास बैंक समुहको सूचक पनि ३० दशमलव २१ अंकले घटेर तीन हजार पाँच सय ५६ दशमलव दुई अंकमा झरेको छ ।

जलबिद्युत समूहको सूचक पनि ४० दशमलव ३६ अंकले घटेर २५ सय १६ दशमलव ५६ अंकमा झरेको छ । जीवन बीमा समुहको सूचक पनि एक सय २४ दशमलव ८५ अंकले घटेर नौं हजार आठ सय ७७ दशमलव ५६ अंकमा झरेको छ । निर्जिवन बीमा समुहको सुचक पनि ८३ दशमलव ४३ अंकले घटेर आनठ हजार छ सय ८७ दशमलव ८३ अंकमा झरेकोमा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

नेप्सेमा आज बुद्धभुमी नेपाल हाईड्रो पावर कम्पनी लिमिटेडको प्रतिकित्ता सेयर मुल्य चार दशमलव २९ प्रतिशतले बढेर चार सय ३८ रुपैयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा ग्लोवल आईएमई लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य सात प्रतिशतले घटेर आठ सय १० रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हिमालयन डिष्ट्रिलरी प्रालिको प्र्रतिकित्ता २१ सय ९६ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा आठ करोड १२ लाख ८६ हजार आठ सय ५४ रुपैयाँ ४० पैसाको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीह्रुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया