बुधबार, वैशाख १०, २०८२

राष्ट्र बैंकले आज १५ अर्ब बढीको ट्रेजरी बिल बिक्री गर्दै

नेपालखोज २०७९ फागुन २१ गते ८:२२

काठमाडाैं । नेपाल राष्ट्र बैंकले पुनः १५ अर्ब चार करोड ५० लाख रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार आगामी आज अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।

जारी मिति भने फागुन २३ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन ।

बिक्री गरिने कुल ट्रजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको छ अर्ब चार करोड ५० लाख र एक सय ८२ दिने अवधिको सात अर्ब रुपैयाँ बराबरको रहेको छ ।

राष्ट्र बैंकका अनुसार यि ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ चैत्र २१ गते, २०८० जेठ २३ गते र २०८० भदौ १९ गते तोकिएका छन् ।

यि ट्रेजरीहरुमा २८ दिने अवधिको दुई अर्ब र ९१ दिने अवधिको एक अर्ब चार करोड ५० लाख रुपैंयाँ बराबरको ट्रेजरी बिल पुरानो नविकरण अन्र्तगतको रहेको छ भने ९१ दिने अवधिमा पाँच अर्ब र एक सय ८२ दिने अवधिको सात अर्ब रुपैंयाँ बराबरको नयाँ रहेको छ ।

यसअघि यही फागुन १५ गते पनि राष्ट्र बैंकले २८ दिने अवधिको पाँच् अर्ब, ९१ दिने अवधिको तीन अर्ब १३ करोड र तीन सय ६४ दिने अवधिको सात अर्ब रुपैंयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।

प्रतिक्रिया