रणवीर र श्रद्धाको जोडीले पायो धुवाँधार सफलता

काठमाडाैं । बलिउड अभिनेता रणबीर कपुर यतिबेला आफ्नो फिल्म ‘तू झुठी मै मक्कार’ का कारण चर्चामा छन् । उनको यो फिल्म होलीको अवसरमा रिलिज भएको हो । यो फिल्ममा रणवीर र श्रद्धाको जोडीलाई दर्शकहरुले पनि रुचाएका छन् । यो उनिहरुले सँगै काम गरेको पहिलो चलचित्र हो । यो जोडीलाई मात्र होइन दर्शकले यो फिल्मको कथा समेत मन पराएका छन् जसका कारण फिल्मले पहिलो दिनमै बक्स अफिसमा ठूलो कलेक्सन गरेको छ ।
पहिलो दिनमै उत्कृष्ट कमाई
रणवीर र श्रद्धाको जोडीले बक्स अफिसमा धुम मच्चाएको छ । फिल्मको पहिलो दिनको कलेक्शन पनि सार्वजनिक भैसकेको छ। होली पर्वबाट ‘तु झुठी मै मक्कार’ ले निकै फाइदा उठाएको छ । ‘बक्स अफिस इन्डिया’ को रिपोर्ट अनुसार फिल्मले पहिलो दिन करिब १४ करोडको व्यापार गरेको छ, जुन सप्ताहन्तमा अझ बढ्नेछ ।
रणवीरको इमोशनल सीन
श्रद्धा कपुर र रणवीर कपुरको यो फिल्मलाई रमाइलो रोमान्टिक ड्रामा फिल्मका रुपमा व्याख्या गरिएको छ । यो फिल्ममा रणवीर कपुरले एक्सन, ड्रामा अनि रोमान्स मात्र देखाउँदैनन् इमोशनल दृश्यहरू मार्फत आफ्ना प्रशंसकहरुलाई सन्तुष्ट पनि तुल्याएका छन । यो कोविडपछि श्रद्धाको पहिलो फिल्म हो ।
९५ करोड लागत
लभ रञ्जन रमाइला रोमान्टिक ड्रामा फिल्म बनाउने कुरामा पोख्त छन् । उनको यो फिल्म करिब ९५ करोडको लागतमा बनेको हो । यस्तो अवस्थामा यसको धुवाँदार कलेक्शन हेर्दा फिल्मले सहजै नाफा कमाउने देखिन्छ । श्रद्धा कपुर र रणवीर कपुर सहित यो फिल्मले समीक्षकहरुबाट सकारात्मक प्रतिक्रिया पाएको छ ।
रणवीर अब ‘एनिमल’ मा
‘तू झुठी मैं मक्कार ‘ मा रणवीर र श्रद्धा बाहेक बोनी कपूर, डिम्पल कपाडिया जस्ता ठूला स्टारहरू पनि सामेल छन्। अर्कातर्फ, रणवीर कपूर अब सन्दीप रेड्डी वांगाको ‘एनिमल’ मा देखिनेछन् । यो फिल्ममा उनीसँग रश्मिका मन्डन्ना मुख्य भूमिकामा छिन् । यो चलचित्र ११ अगस्ट २०२३ मा रिलिज हुने तय भएको छ । रणबिरसँग अयान मुखर्जीको फिल्म ‘ ब्रह्मास्त्र- २ ‘ पनि छ जसको दर्शकहरूले उत्सुकतापूर्वक प्रतिक्षा गरिरहेका छन्।
प्रतिक्रिया