आइतबार, वैशाख ७, २०८२

टिक्नका लागि संघर्ष गर्ने सुपरस्टार

नेपालखोज २०७९ फागुन २८ गते ११:२०

काठमाडाैं । कुनै पनि कलाकार केवल राम्रो देखिनु मात्र सुपरस्टार हुनु होइन । यसका लागि राम्रो फिल्मको छनौट, दर्शकको रुचि पहिचान तथा बक्स अफिसमा लगातार राम्रो प्रदर्शन महत्वपूर्ण हुन्छ ।

बलिउडका त्यस्ता थुप्रै अभिनेता छन्, जसको डेब्यू भव्य थियो । डेब्यू चलचित्र पछि धेरै दिग्गजले उनीहरुलाई भविष्यको सुपरस्टार भनेको थिए, यद्यपि ती कलाकारको करियर संघर्ष मै बित्यो ।

इमरान खान

आमिर खानका भतिजा इमरान खानलाई उनको सुरुवाती सफलतापछि मानिसहरुले सुपरस्टार नै मानेका थिए । ‘जाने तुँ या जाने ना’ पछि उनका प्रशंसकहरुको संख्या व्हात्तै बढेको थियो । यद्यपि, उनको करियरको ग्राफ पनि छिट्टै ओरालो लाग्यो । देल्ही बेली, मेरे ब्रदरकी दुल्हन तथा आई हेट लव स्टोरी जस्ता हिट फिल्म दिने इमरान लामो समयदेखि अभिनयको संसारबाट टाढा छन् ।

विवेक ओबराय

विवेक ओबरायले आफ्नो अभिनय करियरको शुरुवात ‘कम्पनी’ बाट गरेका थिए । उनले यो फिल्ममा गरेको अभिनयको निकै प्रशंसा समेत भयो । त्यसपछि उनले साथिया, मस्ती जस्ता राम्रा फिल्ममा काम गरे तर उनको करियरको गति समयसंगै सुस्त हुँदै गयो । प्रतिभा भएर पनि उनी फिल्म उद्योगमा आफ्नो स्थान बनाउन लगातार संघर्ष गरिरहे । अब उनी ‘इन्डियन पुलिस फोर्स’ मा सिद्धार्थ मल्होत्राका साथ देखिँदैछन् ।

बबी देओल

दिग्गज अभिनेता धर्मेन्द्रका पुत्र बबी देओलले बलिउडमा आफ्नो करियरको थालनी सन् १९९५ मा प्रदर्शनमा आएको फिल्म ‘वर्षात’ बाट गरेका थिए । लुक र स्टाइल देखेर उनलाई पहिलो फिल्म देखि नै मानिसहरुले सुपरस्टार मान्न थालेका थिए । बर्षातपछि उनले गुप्त र सोल्जर जस्ता हिट फिल्म पनि दिए । यद्यपि, त्यसपछि उनको करियरको ग्राफ तल झर्न थाल्यो । एउटा यस्तो समय पनि आयो जहाँ उनलाई फिल्मबाट अफर नै आउन छाड्यो ।

आफताब शिवदासानी

आफताब शिवदासानीले आफ्नो फिल्मी करियरको थालनी चलचित्र ‘मस्ती’ बाट गरेका थिए । यो फिल्मबाट उनले बेस्ट मेल डेब्यू अवार्ड समेत प्राप्त गरे । त्यसपछि उनले ‘कसूर’ जस्ता फिल्ममा पनि काम गरे जसमा उनी खलनायकको भूमिकामा देखिएका थिए । यद्यपि, पछि उनलाई कुनै खास सफलता प्राप्त हुन सकेन । अफताब पछिल्लो पटक स्पेशल अप्स १.५ तथा देखिएका थिए ।

प्रतिक्रिया