पञ्चेबाजामा ‘टिमुरे काँडैले’ (भिडियो)
नेपालखोज
२०७९ फागुन २९ गते ८:५४

काठमाडौं । आइतबार पञ्चेबाजामा आधारित गीत ‘टिमुरे काँडैले’ सार्वजनिक गरिएको छ ।
अमृत रामदाम र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतमा सागर विरहीको शब्द, गायक रामदामको भाका र कमल सौरागको एरेन्ज रहेको छ ।
नेपाल र अमेरिकामा रेकर्ड गरिएको गीतको भिडियोमा सुनिल क्षेत्री र सारिका केसीले अभिनय गरेका छन् । मदन खड्काको निर्देशनमा तयार भिडियोमा दुर्गा पौडेलले क्यामरा चलाएका छन् ।
भिडियो सम्पादन विकास ज्ञवालीले गरेका छन् । गीत अमृत रामदामको अफिसियल यूट्यूव च्यानलमा अपलोड छ ।
सम्बन्धित
प्रतिक्रिया