पुन: १५ अर्ब रुपैयाँको रिपो जारी गर्दै राष्ट्र बैंक
नेपालखोज
२०७९ चैत १ गते १८:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि बिहीबार पुन: १५ अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । सो दिन अपरान्ह तीन बजेसम्ममा उक्त परिमाणमा रिपो जारी गर्न लागिएको राष्ट्र बैंकको भनाई छ ।
राष्ट्र बैंकका अनुसार रिपोको परिपक्व हुने अवधि १४ दिन अर्थात यही चैत्र १६ गते तोकिएको छ ।
रिपो खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले यही चैत २ गते बिहीबार अपरान्ह तीन बजेसम्म बोलकबोलको आवेदन पेस गर्न सक्ने छन् ।

सम्बन्धित
प्रतिक्रिया