आइतबार, वैशाख ७, २०८२

कोरोना : यस्तो छ पाकिस्तानको अवस्था

नेपालखोज २०७७ जेठ ६ गते १६:१८

काठमाडौँ । पाकिस्तानमा कोरोनाभाइरस संक्रमितको संख्या ४३ हजार ९६६ जना पुगेको छ ।

पाकिस्तानी स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घन्टामा एक हजार ८४१ जना नयाँ संक्रमित भेटिएको जनाएको छ ।

प्राप्त विवरण अनुसार पाकिस्तानको पन्जाब प्रान्तमा १५ हजार ९७६ जना, सिन्धमा १७ हजार २४१ जना, खिबर पख्तुनख्वामा छ हजार २३० जना, बलोचिस्तानमा दुई हजार ८२० जना, गिल्गिट बाल्टिस्टानमा ५५० जना, इस्लामाबादमा एक हजार ३४ जना तथा पाकिस्तान अधिनस्थ काश्मिरमा ११५ जना संक्रमित भएका छन् ।

स्वास्थ्य अधिकारीहरुले कुल संक्रमितमध्ये १२ हजार ४८९ जना ‘डिस्चार्ज’ भइसकेको बताएका छन् ।

पाकिस्तानमा कोरोना संक्रमितमध्ये हालसम्म ९३९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया