हरिवंश आचार्यले ल्याए ‘काउली’ (भिडियो)
नेपालखोज
२०७९ चैत ३ गते १६:११

काठमाडौं । हाँस्य कलाकार हरिवंश आचार्यले नारीप्रधान गीत ‘काउली’सार्वजनिक गरेका छन् ।
आचार्यको शब्द र संगीत र श्यामश्वेत रसाइलीको एरेन्जमा तयार भएको गीत गायनमा आचार्यलाई शान्तिश्री परियारले साथ दिएकी छिन् । नचिनेको व्यक्तिलाई झट्ट विश्वास गर्दा बेचबिखनको सिकार हुनुपर्ने परिस्थितिलाई चित्रित गर्दै आचार्यले सचेतना प्रदान गरेका छन् ।
हरिवंश आचार्य, प्रकाश सपुत र प्रियंका कार्कीको मुख्य अभिनय रहेको गीतको भिडियो निर्देशन सरोज वलीले गरेका हुन् । गम्भिर विष्टको कोरियोग्राफी रहेको भिडियो हर्नका लागि आर.टी. इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया