४ अर्ब ९५ अर्ब रुपैयाँ ऋण उठाउने राष्ट्र बैंकको तयारी
काठमाडौँ । नेपाल राष्ट्र बैंकले डेढ खर्ब रुपैयाँ उठाएको छ । सरकारले चालू आर्थिक वर्षको बजेटमा १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण जुटाउने बताएको थियो ।
सरकारको योजना अनुसार एक खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार केहि दिन भित्रै थप चार र्ब रुपैयाँ आन्तरिक ऋण उठ्दैछ ।
चार अर्ब रुपैयाँ नागरिक बचत पत्रबाट उठाउन लागिएको बैंकले जनाएको छ ।
१ अर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउनका लागि राष्ट्र बैंकले कार्यतालिका नै बनाएको छ ।
चैत महिनामामात्रै राष्ट्र बैंकले साढे ५५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाइसकिएको जनाएको छ ।
बैंकले चैतमा २५ अर्ब रुपैयाँको ट्रेजरी बिल निष्काशन गरेको थियो भने ३० अर्बको विकास ऋणपत्र जारी गरेर ५५ अर्ब ४० करोड रुपैयाँ उठाएको छ ।
कुल आन्तरिक ऋणमध्ये ४६ दशमलव १५ प्रतिशत ट्रेजरी बिलबाट, ५१ दशमलव २८ प्रतिशत विकास ऋणपत्रबाट, २ दशमलव ०५ प्रतिशत नागरिक बचतपत्रमार्फत र बाँकी शुन्य दशमलव ५१ प्रतिशत वैदेशिक रोजगार बचतपत्रमार्फत उठाउने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया