१८ अंकले घट्यो नेप्से, एक अर्ब ४१ करोडको सेयर किनबेच

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज बिहीबार पनि नेप्से घटेर नै रोकिएको छ । अघिल्लो दिन १५ दशमलव ७६ अंकले घटेको नेप्से आज पुन १८ दशमलव १५ अंकले घटेर १९ सय १५ दशमलव १४ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ९० अंकले घटेर तीन सय ६१ दशमलव शून्य एक अंकमा झरेको छ ।
दुई सय ५९ वटा कम्पनीहरुको २९ हजार छ सय ८५ पटकको कारोबारमा ४३ लाख ४० हजार दुई सय ७० कित्ता सेयर खरिद- बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ४१ करोड ३१ लाख ७२ हजार आठ सय दुई रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा १३ वटै समूहहरुको सूचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समूहको सूचक आठ दशमलव ३० अंकले घटेर १२ सय ३८ दशमलव १९ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक पनि ११ दशमलव ९४ अंकले घटेर तीन हजार पाँच सय २६ दशमलव ९६ अंकमा झरेको छ ।
जलबिद्युत समुहको सूचक पनि ३६ दशमलव ५९ अंकले घटेर २५ सय ४९ दशमलव ९८ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पनि ९१ दशमलव ८८ अंकले घटेर नौ हजार चार सय ६३ दशमलव ४६ अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ३७ दशमलव ६८ अंकले घटेर आठ हजार सात सय २१ दशमलव ७१ अंकमा झरेको छ । फाइनान्स, होटेल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समूहहरुको सूचक पनि उच्च अंकले घटेका छन् ।
नेप्सेमा मायाखोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर तीन सय २१ रुपैयाँ २० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंँदा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य सात दशमलव ४६ प्रतिशतले घटेर १८ सय रुपैयाँ अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज एनआईसी एशिया बैंकको प्रतिकित्ता ६ सय ८६ रुपैयाँ अन्तिम मूल्यमा २१ करोड ७४ लाख ६४ हजार आठ सय ६८ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।
प्रतिक्रिया