भोजपुरी अभिनेत्री आकांक्षा मृत फेला
नेपालखोज
२०७९ चैत १२ गते १६:०७

काठमाडौं । भोजपुरी फिल्म उद्योगकी अभिनेत्री आकांक्षा दुबे वाराणसीको एक होटलमा मृत फेला परेकी छिन् ।
आकांक्षा दुबे फिल्मको सुटिङको सिलसिलामा वाराणसीमा थिइन् । साँझ उनी सारनाथस्थित आफ्नो होटलमा गएकी थिइन्, त्यसपछि होटलको कोठाबाट उनको शव भेटिएको थियो ।
वाराणसीको वरुणा जोनका डीसीपीले ट्वीट मार्फत दिएको जानकारि अनुसार पुलिसले यस विषयमा अनुसन्धान गरिरहेको छ। आकांक्षा दुबेको मृत्युको कारण भने खुल्न सकेको छैन ।
सम्बन्धित
प्रतिक्रिया