आइतबार, वैशाख ७, २०८२

खानाबाट नियन्त्रण गर्न सकिन्छ आफ्नो तौल

नेपालखोज २०७९ चैत १३ गते ६:४२

आजको समयमा सबैजना स्लिम देखिन चाहन्छन् तर तौल घटाउनु त्यति सजिलो छैन । व्यायामले तौललाई नियन्त्रणमा ल्याउन पक्कै मद्दत गर्छ , तर त्यसभन्दा पनि उचित खानपान महत्त्वपूर्ण छ ।

काकडि : एउटा सानो काकडीमा करिब २० क्यालोरी हुन्छ । काकडी पानीले भरिएको हुन्छ र यसमा बोसो जन्य पदार्थ हुँदैन । त्यसैले तौल घटाउनका लागि यो उपयोगी साबित हुन्छ । यसका साथै यसले शरीर सुन्निने समस्या कम गर्न पनि मद्दत गर्छ ।

गाजर : एउटा ठूलो गाजरमा लगभग ३० क्यालोरी हुन्छ । गाजर खाँदा आँखा मात्र राम्रो हुँदैन तौल पनि नियन्त्रणमा रहन्छ । गाजरले रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा राख्छ भने शरीरबाट अत्यधिक सोडियम निकाल्छ र पानीको कमी हुन दिँदैन ।

पालक : फलाम, फोलिक एसिड र भिटामिनले भरिपूर्ण पालक स्वास्थ्यका लागि उत्कृष्ट मानिन्छ । यसलाई पकाउनुको सट्टा सलादका रुपमा पनि खान सकिन्छ ।

नकारात्मक क्यालोरी : केही फलफूल तथा तरकारीमा नकारात्मक क्यालोरी हुन्छ अर्थात् यिनलाई खाँदा जति क्यालोरी प्राप्त हुन्छ, त्यति नै पचाउन खर्च हुन्छ । यद्यपि वैज्ञानिकहरूले यसको पुष्टि गर्दैनन् । यद्यपि यस्ता फलफूल र तरकारीहरूले हाम्रो पेटमा धेरै क्यालोरीहरू जम्मा हुन दिदैनन ।

सुन्तला : ठूलो सुन्तलामा ५० देखि ६० क्यालोरी हुन्छ । यसमा म्याग्नेसियम र पोटासियम हुन्छ जसले मुटुलाई स्वस्थ राख्छ । सुन्तलाको जस्तै अंगूर पनि फाइदाजनक हुन्छ । पेट भर्न स्याउ पनि खान सकिन्छ ।

तरबूजा : तरबूजामा एन्टिअक्सिडेन्ट हुन्छ भने यसमा भिटामिन बी पनि पाइन्छ जसले हामिलाई थप चुस्त राख्छ । यसले शरीरको पाचन क्षमता बढाउँछ, जसको अर्थ क्यालोरी बर्न हुनु हो ।

टमाटर : टमाटरमा २० देखि २५ क्यालोरी मात्र हुन्छ । रातो टमाटरका अनेकौं फाइदा छन् । यसले स्लिम मात्र होइन, जवान पनि राख्छ र क्यान्सर जस्ता घातक रोगहरू विरुद्ध समेत काम गर्छ ।

स्ट्रबेरी : स्ट्रबेरीका साथमा ब्लूबेरी वा अन्य कुनै पनि प्रकारको बेरी खान सकिन्छ। यसलाई दूधसँग शेक बनाएर पिउनुहोस् वा त्यसबाट स्मूदी बनाउनुहोस् । यसबाट पेट पनि भरिनेछ र रोगसँग लड्ने क्षमता पनि बढ्नेछ ।

अण्डा : पहेँलो भागमा प्रशस्त बोसो भए पनि सेतो भागमा निकै कम क्यालोरी हुन्छ । अण्डा उमालेर त्यसको पहेँलो भाग छुट्टाएर बाँकी भाग खाँदा शरीरलाई आवश्यक प्रोटिन प्राप्त हुन्छ ।

ब्रोकाउली : कम क्यालोरी भएका अन्य फलफूल र तरकारीहरू भन्दा फरक, ब्रोकाउलीमा धेरै पानी हुँदैन। त्यसैले यसको सेवनले पेट भरिपूर्ण रहन्छ । ब्रोकाउलीमा बन्दागोभी भन्दा बढि खनिज एवं भिटामिन पाइन्छ।

प्रतिक्रिया