मुख्यमन्त्री शर्माले १७ गते विश्वासको मत लिने
नेपालखोज
२०७९ चैत १५ गते १७:२१

काठमाडाैं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले आगामी चैत १७ गते दोस्रोपटक विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीको रूपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएपछि राप्रपाले सर्मथन फिर्ता लिएसँगै उनले फेरि विश्वासको मत लिन लागेका हुन् ।
सचिव जीवराज बुढाथोकीका अनुसार उनले आज कर्णाली प्रदेशसभामा विश्वासको मत लिने प्रयोजनका लागि पत्र दर्ता गराएका छन् ।
मुख्यमन्त्री शर्माद्वारा दर्ता भएको पत्रमा संविधानको धारा १८८ को उपधारा दुईबमोजिम प्रदेश सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकोले चैत १७ गते उक्त व्यवस्था मिलाई दिन अनुरोध गरिएको छ ।
सम्बन्धित
प्रतिक्रिया