आजै फेरि बस्ने गरि मिटरब्याज पीडित र सरकारबीच वार्ता सकियो
नेपालखोज
२०७९ चैत १६ गते १४:१७

काठमाडौं । आजै फेरि बस्ने गरि मिटरब्याज पीडित र सरकारबीच वार्ता सकिएको छ । अर्को वार्ता बिहीबार नै साँझ ६ बजे बस्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोज पासवानले बताए ।
गृह मन्त्रालयमा भएको वार्तामा सरकार र मिटरब्याज पीडितले आआफ्नो धारणा राखेका थिए । वार्तामा संघर्ष समितिले प्रधानमन्त्रीलाई लेखेको ९ बुँदे माग सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मालाई बुझाएको छ ।
मिटरब्याज संघर्ष समितिले यसअघि मिटरब्याज अपराधन नियन्त्रण कार्यदलबाट प्रस्तुत प्रतिवेदन समेत अध्ययन गर्न र अन्य पीडितहरुसँग पनि छलफल गर्न समय मागेकाले बेलुका पुनः वार्ता गर्ने गरी दिउँसोको वार्ता स्थगित भएको पासवानले बताए ।
सम्बन्धित
प्रतिक्रिया