बिहीबार, वैशाख ११, २०८२

सरकारसँग ५ बुँदे सहमतिपछि मिटरब्याज पीडितले गरे आन्दोलन फिर्ता

नेपालखोज २०७९ चैत १८ गते १९:२४

काठमाडौं । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको छ । सहमतिपछि आन्दोलनकारी आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।

सरकारको वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि भएको छ ।

अब बस्ने मन्त्रिपरिषदको पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन २०२६ बमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने सहमतिको पहिलो बुँदामा लेखिएको छ ।

पूर्वन्यायाधीश वा आयुक्त तहबाट नेतृत्व हुने आयोगमा नेपाल प्रहरीका महानिरीक्षक र महान्यायाधिवक्ता पनि सदस्य राख्ने र आयोगको संरचना सबै जिल्लामा रहने व्यवस्था गर्ने सरकारको तयारी छ ।

मिटरब्याज पीडितको नियमित आउने गुनासो सम्बोधनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय समन्वय/सहजीकरण समिति गठन गर्ने पनि सहमति भएको छ ।

आयोग गठन भएसँगै आन्दोलन फिर्ता लिने र अहिलेलाई आन्दोलन स्थगित गरिएको मिटरब्याज पीडित संघर्ष समितिका सदस्य संघर्ष दाहालले बताए ।

प्रतिक्रिया