भारतीय बैंकमा भएका ठूला ठगी ?

काठमाडाैं । आरबीआईले विगत ११ आर्थिक वर्षमा ५३ हजार ३ सय ३४ ठगीका घटनामा बैंकहरुको ३ हजार ३० अर्ब रुपैयाँ ठगी भएको जनाएको छ । सबैभन्दा धेरै धोखाधडी आईसीआईसीआई बैंकमा भएको थियो भने पञ्जाब नेशनल बैंक यसबाट सबैभन्दा बढी पीडित भएको थियो ।
आईसीआईसीआई बैंक
सबैभन्दा बढी ६ हजार ८ सय ११ ठगीका घटना आईसीआईसीआई बैंकमा भएका छन् जसमा ८० अर्ब रुपैयाँ गुमेको छ ।
स्टेट बैंक अफ इन्डिया
भारतको सबैभन्दा ठूलो ऋणदाता स्टेट बैंक अफ इण्डियाले ६ हजार ७ सय ९३ ठगीका घटना सार्वजनिक गरेको छ जसमा ३ सय ८० अर्ब रुपैयाँ ठगी भएको छ ।
एचडीएफसी बैंक
एचडीएफसी ( HDFC ) बैंकमा २ , ४९७ ठगीका घटनाहरू रिपोर्ट गरिएका छन् जसमा बैंकको १९ अर्ब रुपैयाँ ठगी भएको बताइएको छ ।
बैंक अफ बड़ौदा
बैंक अफ बडोदाले २,१६० वटा ठगीका मुद्दा रिपोर्ट गरेको छ। यसमा २ सय अर्ब भन्दा बढि रुपैयाँ धाँधली भएको छ ।
पञ्जाब नेशनल बैंक
एचडीएफसी बैंकमा २,०४७ ठगीका घटना रिपोर्ट गरिएका छन् जसमा बैंकले ४ सय ६० अर्ब जति ठगी भएको छ ।
एक्सिस बैंक
एक्सिस बैंकमा १ हजार ९ सय ४४ ठगीका मुद्दा दर्ता भएका छन् । यसबाट बैंकको ८५ अर्ब रुपैयाँ जति ठगी भएको छ ।
बैंक अफ इन्डिया
बैंक अफ इन्डियामा १ हजार ८ सय ७२ वटा ठगीका मुद्दा दर्ता भएका छन् जसमा बैंकको लगभग २ सय अर्ब रुपैयाँ हिनामिना गरिएको छ ।
सिन्डिकेट बैंक र भारतको केन्द्रीय बैंक
सिन्डिकेट बैंकमा १ हजार ७ सय ८३ ठगीका मुद्दा दर्ता भएका छन् । बैंकको ९० अर्ब रुपैयाँ भन्दा बढि हिनामिना गर्ने प्रयास भएको छ । भारतको केन्द्रीय बैंकमा १ हजार ६ सय १३ ठगीका घटना रिपोर्ट गरिएका छन् । यसको ठगि रकम १ सय ५० अर्ब रुपैयाँ छ ।
आईडीबीआई र स्टेडर्ड चार्टर्ड बैंक
आईडीबीआईले ९५ अर्ब रुपैयाँको १ हजार २६४ तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ अर्ब रुपैयाँको १ हजार २ सय ६३ वटा ठगीको रिपोर्ट गरेको छ ।
केनरा बैंक, युनियन बैंक अफ इन्डिया तथा कोटक महिन्द्रा बैंक
केनरा बैंकले ५५ अर्बको १,२५४ मामिला , युनियन बैंक अफ इण्डियाले ११८ बिलियनको १,२४४ मामिला तथा कोटक महिन्द्राले ४ अर्बको १,२१३ मामिला रिपोर्ट गरेका छन् ।
यीनीहरु पनि सिकार भए
इन्डियन ओभरसीज बैंकमा १,११५ ओरिएन्टल बैंक अफ कमर्समा १,०४० युनाइटेड बैंक अफ इन्डियामा ९४४, स्टेट बैंक अफ मैसूरमा ३९५ , स्टेट बैंक अफ पटियालामा ३८६, पञ्जाब र सिन्ध बैंकमा २७६ वटा केस दर्ता भएका छन् । यसैगरी युको बैंकमा १,०८१ तमिलनाडु मर्कन्टाइल बैंक लिमिटेडमा २६१ र लक्ष्मी विलास बैंक लिमिटेडमा २५९ ठगीका घटनाहरू रिपोर्ट गरिएका छन ।
विदेशी बैंकमा पनि ठगी
अमेरिकन एक्सप्रेस बैंकिङ कर्पोरेशन, सिटीबैंक, एचएसबीसी लिमिटेड तथा रोयल बैंक अफ स्कटल्याण्ड पीएलसीमा पनि ठगीका घटना भएका छन ।
प्रतिक्रिया