बिहीबार, वैशाख ११, २०८२

भन्सारका पूर्व नायब सुब्बाविरुद्ध भ्रष्ट्राचार मुद्दा दायर

नेपालखोज २०७९ चैत १९ गते १७:०९

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भन्सार विभागका पूर्वकर्मचारी रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले घिमिरेविरुद्ध २ करोड १४ लाख रुपैंयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारका अनुसार घिमिरेले ७ करोड ३९ लाख रुपैयाँ सम्पत्ति जोडेका छन् । जसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख रुपैंयाँ मात्र हो ।

२ करोड १४ लाख ४६ हजार ६५२ रुपैयाँ २४ पैसा गैरकानुनी आर्जन गरेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया