बिहीबार, वैशाख ११, २०८२

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

नेपालखोज २०७९ चैत २० गते १९:२७

काठमाडाैं । सरकारले धुर्मुस सुन्तली फाउन्डेशनले बनाउन नसकेको क्रिकेट रंगशाला आफैँले बनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले चितवनस्थित निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशाला सरकारले नै पूरा गर्ने निर्णय गरेको हो । 

जसअनुसार अब सरकारले रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएकाे हाे ।  फाउन्डेसनले उक्त रंगशाला बनाउन रकम अभाव भएको कारण देखाउँदै हात झिकेपछि अलपत्र अवस्थामा छ ।

प्रतिक्रिया