बुधबार, वैशाख १०, २०८२

उप-निर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दै आयाेग

नेपालखोज २०७९ चैत २२ गते ९:१३

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १० मा हुन लागेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आज अन्तिम नामावली प्रकाशन गर्दै छ । आयोगले उपनिर्वाचनका उम्मेदवारमाथि परेको उजुरी छानबिन गरी अन्तिम नामावली प्रकाशन गर्न लागेकाे हाे ।

आयोगले उम्मेदवारका विरुद्धमा मङ्गलवार परेका उजुरीमाथि आज छानबिन गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न लागेको हो । तनहुँ–१, चितवन–२ र बारा–२ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मङ्गलवार उजुरी दर्ताको समय तोकेको थियो ।

तीनवटै निर्वाचन क्षेत्रमा दल र स्वतन्त्र गरी ६९ जनाले उम्मेद्वारी दर्ता गरे पनि मुख्यतः चितवन–२ का उम्मेदवार रवि लामिछाने विरुद्ध ४ वटा उजुरी परेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछाने यसअघि सर्वोच्च अदालतले सांसद पद खारेज गरेपछि सो क्षेत्र पुनः उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया