सोमबार, वैशाख ८, २०८२

थ्रीस्टार हाइड्रोपावर आईपीओ बिक्री गर्न अनुमति प्राप्त

नेपालखोज २०७९ चैत २२ गते १२:२४

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडलाई आईपीओ बिक्री गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले दुई चरण गरि आईपिओ निष्काशन गर्ने छ ।

पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि आईपीओ जारी गर्नेछ । त्यस्तै, दोस्रो चरणमा सर्वसाधारणहरुका लागि आईपीओ निष्काशन गर्नेछ ।

कम्पनीले कुल १२ लाख ३१ ह्जार २५० कित्ता सेयर बिक्री गर्ने अनुमति पाएको हो। यसमा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटलले गर्नेछ ।

प्रतिक्रिया