सन्दीपविरुद्धको सुनवाइ आज स्थगित, कारण ?
नेपालखोज
२०७९ चैत २२ गते १५:५२

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको मुद्दामाथिको सुनुवाइ समय अभावका कारण स्थगित भएको छ । अरु मुद्दाहरूका कारण हेर्न नभ्याइनेमा परेको अदालतले जनाएको छ ।
सन्दीपको मुद्दाको फैसला पेशी न्यायाधीश केशव घिमिरेको इजलासमा परेको थियो । छैटौं नम्बरमा पालो रहेकोमा समय मभावले सुनुवाइ स्थगित गरिएको हो ।
यसअघि १३ चैतमा तोकिएको सुनुवाइ सन्दीप पक्षका कानुन व्यवसायीले स्थगित गरेका थिए । यसअघि काठमाडौं जिल्ला अदालतले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
तर, पाटन उच्च अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख रूपैयाँ धरौटीमा थुनामुक्त गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया