बुधबार, वैशाख १०, २०८२

दिनरात फोनमा रहँदा आँखालाई कति नोक्सान पुग्छ ?

नेपालखोज २०७९ चैत २३ गते ७:००

काठमाडाैं । यहि वर्षको फेब्रुअरीमा सेल्सफोर्सका सीईओ मार्क बेनिओफ ‘डिजिटल डिटोक्सिङ’ मा गएको खबर बाहिरियो । उनले फ्रान्सको पोलिनेसियन रिसोर्टमा १० दिन टेक-मुक्त दिन बिताए । केही मानिसहरू उपकरणबाट टाढा रहने आफ्नो लक्ष्य पूरा गर्न सक्षम छन् तर धेरै मानिसहरूका लागि यो लगभग अ्सम्भव छ । डिजिटल डिटोक्स भनेको प्रविधिलाई पूर्ण रूपमा होल्डमा राख्नु हो अर्थात् केही दिनका लागि स्क्रिनबाट पूर्ण रूपमा टाढा रहनु ।

चाहे त्यो सामाजिक सञ्जाल होस् वा भिडियो कन्फरेन्सिङ वा त्यस्ता कुनै पनि डिजिटल प्लेटफर्म । डिजिटल डिटोक्सिङ भनेको तनाव वा चिन्ता कम गर्नु र मानिसहरूलाई उनीहरूको वास्तविक संसारमा जोड्नु हो । प्रविधिबाट यसरी टाढा रहनुका फाइदा वैज्ञानिक रूपमा प्रमाणित भै सकेको छैन । यद्यपि डिजिटल डिटोक्सिङ ठूलो चुनौती बन्दै गएको छ । २०१२ पछि यो चुनौती सामना गर्नु झनै कठिन भएको छ । यहि वर्ष पहिलो पटक अनुसन्धानकर्ताहरूले यो शब्द प्रयोगमा ल्याएका थिए । धेरैले अहिले ग्रुप च्याट र भिडियो कलमा कुरा गर्न थालेका छन् । त्यसैले डिजिटल डिटोक्स भनेको डिजिटल उपकरणहरू मार्फत आफ्ना मालिकसँग च्याट गर्नबाट छुटकारा पाउनु मात्र होइन ।

यसको अर्थ आफ्नो नजिकका र प्रियजनहरूसँग निर्दिष्ट समयका लागि डिजिटल सम्पर्कमा नरहनु पनि हो । अनलाइन डेटिङ अहिले सामान्य भएको छ । कोरोनाको समयमा मित्रता निर्माणमा प्रविधिले महत्वपूर्ण भूमिका खेलेको थियो । सन् २०२० देखि बम्बलको फ्रेन्डशिप म्याचमेकिङ एप बम्बल बीएफएफ को ट्राफिकमा उल्लेख्य वृद्धि भएको छ । २०२१ को अन्त्यसम्ममा बम्बलका ४२ मिलियन प्रयोगकर्तामध्ये १५ प्रतिशतले बीएफएफमा साथीहरू खोजिरहेका थिए ।

एक वर्ष अघि यो संख्या दश प्रतिशत थियो । सन् २०२२ सम्ममा साथी खोज्ने पुरुष प्रयोगकर्ताको संख्या २६ प्रतिशत पुगेको थियो । ‘राम्रो प्रविधि होस् वा नराम्रो, यो पहुँचको एक रूप हो,’ क्रिस डान्सी भन्छन् – धेरै आमाबाबु, साझेदार तथा साथीहरूले डिजिटल प्रविधि बिना सम्बन्ध कसरी सम्हाल्ने भनेर बिर्सदैछन् । वास्तवमा डिजिटल डिटक्सको विचार नयाँ होइन तर हाइब्रिड काम र हाइब्रिड सम्बन्धतर्फ मानिसहरूको बढ्दो चालले यसलाई लगभग असम्भव बनाएको छ ।

डिजिटल डिटक्सलाई चिन्ता हटाउने लागि रामबाण उपाय भनिन्छ । यद्यपि मानिसको जीवन र पर्दाबीचको सम्बन्ध झन् जटिल बन्दै गएको छ तसर्थ , जब हामि डिटोक्सिङ अपनाउने प्रयास गर्छौ र त्यसमा सफल हुँदैनौ तब हाम्रो चिन्ता अझ बढ्छ। हामि टेक्नोलोजीलाई बन्द गर्न सक्दैनौ । प्रविधिबाट डिटोक्सिङ ‘स्वेच्छिक असंलग्नता’सँग सम्बन्धित छ। स्वेच्छिक असंलग्नता एक तटस्थ अवधारणा हो ।

यसको अर्थ के हो भने प्रबिधि प्रतिको यो तटस्थताले सम्बन्धित व्यक्तिलाई खुशी दिन्छ । तर स्क्रिनमा संलग्नहरुका लागि यसो गर्नु असम्भव जस्तै हो । टेक्नोलोजीबाट आफूलाई पूर्ण रूपमा अलग गर्नुको सट्टा टेक्नोलोजीलाई कुनै उद्देश्यका लागि प्रयोग गर्छु भन्ने पक्का गर्नु बढि ब्यबहारिक हुन्छ । यस्तो डिजिटल माइन्डफुलनेस धेरैका लागि पूर्ण डिटोक्सिङभन्दा बढी व्यावहारिक हुन सक्छ । यसले टेक्नोलोजीबाट पूर्ण रूपमा विच्छेदन भएको चिन्तालाई कम गर्नेछ र यसलाई केही उद्देश्यका लागि प्रयोग गर्ने फोकस बढाउनेछ । डिजिटल माइन्डफुलनेस कोसिस गरेर प्राप्त गर्न सकिन्छ ।

यसबाट मानिसहरु दिमागहीन स्क्रोलिङबाट जोगिन सफल हुनेछन् र टेक्नोलोजी संग आफ्नो जीवनलाई थप खुशी बनाउन सक्षम हुनेछन् । स्क्रिन टाइमिङ कसरी नियन्त्रण गर्ने विज्ञहरूका अनुसार स्क्रिनबाट पूर्ण रूपमा टाढा जान नसक्नेहरूले प्रविधि प्रयोगको बिचिन्न ढाँचा हेर्न वा अपनाउन सक्छन् । यसो गर्दा प्रविधिको उत्कृष्ट प्रयोग गर्न पनि सकिनेछ । सानोतिनो ब्रेकमा पनि स्क्रिन स्क्रोल गर्ने बानीबाट छुटकारा पाउनु पनि उपलब्धि नै हो ।

यसका लागि आवश्यकता नहुँदा फोनलाई आफूबाट टाढा राख्ने बानी बसाल्नुपर्छ । अहिले मानिसहरु चुरोटको लत जस्तै फोनको लतमा फसेका छन् । फोनले हाम्रो खाली समय लिन्छ र त्यसपछि हामिमा अन्य व्यक्तिका विचारहरू भर्दछ । लामो समय स्क्रिनमा बसे बोर पनि हुन्छ । डिजिटल डिटोक्सिङको अर्थ आफूलाई प्रविधिबाट पूर्ण रूपमा अलग गर्नु होइन । विज्ञहरू भन्छन् – डिजिटल डिटोक्सिङको अर्थ प्रविधि सँग पूर्ण रूपमा सम्बन्ध बिच्छेद गर्नु होइन । यसका लागि आफैलाई दबाब पनि दिनु हुँदैन । मानिसहरूका लागि इमेल अत्यावश्यक हुनसक्छ ।

उनीहरुका लागि अनलाइन टेक्स्ट पनि जरुरि हुनसक्छ । यस्तो अवस्थामा अन्य अनलाइन सामग्रीको आकर्षणलाई बेवास्ता गरेर आफ्नो काम गर्न सकिन्छ । यसलाई ‘ग्रे डिटोक्सिङ’ भनिन्छ । यस अन्तर्गत न त हामिले आफैलाई प्रविधिमा पूर्ण रूपमा डुबाउँछौं न त यसबाट पूर्ण रूपमा अलग नै हुन्छौं । यसलाई प्रयास गर्ने एक मात्र तरिका छैन । यसका धेरै तरिका हुन सक्छन् । हामि साथीभाइ वा नजिकका नातेदारहरूसँग अडियो फोनमा कुराकानी गर्न सक्छौं ।

जब हामिलाई आवश्यकता पर्छ तब मात्र भिडियो स्क्रिन प्रयोग गर्नसक्छौं । यसमा हामि म्यासेज मार्फत सुचना पठाउन सक्छौं । विज्ञहरू भन्छन् – एक हप्तासम्म फोनसँग पूर्णतया सम्बन्ध तोड्नुको सट्टा आफ्नो जीवनको आवश्यकता अनुसार स्क्रिन प्रयोग गर्नु अझ प्रभावकारी साबित हुन सक्छ अर्थात् आवश्यक पर्दा स्क्रिनको सम्पर्कमा रहनुहोस् र आवश्यक नभएको बेला त्यसबाट अलग हुनुहोस् ।

प्रतिक्रिया