न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकार
नेपालखोज
२०७९ चैत २३ गते ९:१४

काठमाडाैं । सरकारले आज न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै छ । गत मंगलबार बसेको सत्ता गठबन्धनको बैठकमा उक्त कार्यक्रममाथि छलफल भए अनुसार थप परिमार्जन गरेर आज सार्वजनिक गर्न लागिएको हो ।
आर्थिक अवस्था सुधार, संक्रमणकालीन न्यायका प्रक्रियालाई पूर्णताका साथै कृषि, पर्यटन र ऊर्जा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर सरकारले न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्न लागेकाे हाे ।
नेपाली कांग्रेसका रमेश लेखक, नेकपा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेत, जनता समाजवादी पार्टी नेपालका राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका विजय पौडेल सम्मिलित कार्यदलले सो नीति तथा कार्यक्रम बनाएको हो ।
सम्बन्धित
प्रतिक्रिया