बुधबार, वैशाख १०, २०८२

को हुन् स्टर्मी डेनियल ?

नेपालखोज २०७९ चैत २३ गते १२:४३

काठमाडाैं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावी अभियानका क्रममा वयस्क चलचित्रकि एक अभिनेत्रीलाइ चुप लाग्न भनेर रकम दिएको प्रकरण फेरि एकपटक चर्चामा छ । पोर्न स्टार सँगको सम्बन्ध र रकम भुक्तानी गैरकानुनी नभए पनि भुक्तानी गरिएको उक्त रकम आफ्नो व्यापार रेकर्डमा गलत ढंगले प्रस्तुत गरि सरकारलाई ढाँटेको र धाँधली गरेको आरोपमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले जेल जानुपर्ने हुनसक्छ । जसका कारण ट्रम्प अहिले गम्भीर रुपमा आरोपहरुले घेरिएका छन् ती पोर्न स्टार हुन्- स्टर्मी डेनियल । रिपोर्ट अनुसार डोनाल्ड ट्रम्पले स्टर्मी डेनियललाई चुनावमा चुप रहन १ लाख ५० हजार डलर भुक्तान गरेका थिए ।

ठूलो रकम तिरेपछि पनि स्टर्मीले ट्रम्पसँगको गोप्य सम्बन्ध सार्वजनिक मात्र गरिनन् ट्रम्पमाथि बिभिन्न आरोप पनि लगाइन् । ट्रम्पको समस्या बढ्दै गएपछि धेरै मानिसहरु अहिले स्टर्मीका बारेमा जान्न उत्सुक छन् । धेरै मानिसहरूमा स्टर्मीको धन-सम्पत्ति, घर परिवार आदिका बारेमा जिज्ञासा छ । त्यसो भए हेरौं न त आखिर यी स्टर्मी डेनियल को हुन ? यीनको घर- परिवारको अवस्था के छ ? यीनको सम्पत्ति र कमाई कति छ ?

स्टर्मी डेनियलको वास्तविक नाम स्टेफनी ग्रेगरी क्लिफर्ड हो। उनी एडल्ट फिल्ममा काम गर्थिन् । अहिले उनी लेखक, निर्देशक तथा मिडिया पर्सनालिटिका रूपमा चिनिन्छिन्। उनको उमेर ४४ वर्ष पुगेको छ । स्टेफनीको दाबि अनुसार डोनाल्ड ट्रम्पले उनलाई २००६ मा भेटेर शारीरिक सम्बन्ध स्थापित गरेका थिए । पछि ट्रम्पले उनलाई मोटो रकम किन दिए भने स्टर्मीले अमेरिकाको राष्ट्रपतिय निर्वाचनको मुखमा यो कुरा सार्वजनिक नगरून् ।

स्टर्मी डेनियलको नेट वर्थ : मिडिया रिपोर्टका अनुसार स्टोर्मी डेनियलको कुल सम्पत्ति ६ मिलियन डलर ( करिब ८० करोड रुपैयाँ ) छ । उनले सरकारमा पेश गरेका कर कागजातका आधारमा यो मुल्यांकन गरिएको हो ।

स्टोर्मी डेनियलको सम्पत्ति :
कुल सम्पत्ति : ६ लाख डलर
वार्षिक आय : ८ लाख डलर
विरासतमा प्राप्त रकम : २५ हजार डलर
लगानी: ३ लाख डलर

कारहरूको संग्रह

स्टर्मी डेनियलसँग विभिन्न प्रकारका कारहरू छन् :

  • मर्सिडीज बेन्ज एस क्लास
  • बिएमडब्ल्यु ७ सिरज
  • अडि ए ८

डेनियल कहाँ बस्छिन् ?
अमेरिकाको लस एन्जलसमा स्टर्मी डेनियलको एउटा लक्जरी अपार्टमेन्ट छ ।
१. ७० मिटर अग्लि स्टर्मी डेनियल हरेक वर्ष पुस्तकको रोयल्टीबाट मात्रै १ लाख ५० हजार डलरसम्म कमाउने गरेको बताउँछिन्। उनीसँग अचल सम्पत्तिका रूपमा ४ वटा व्यवसाय पनि छ जसबाट उनले प्रत्येक वर्ष १ लाख २० हजार डलर भन्दा बढी कमाउँछिन् ।

उनको श्री मानको नाम प्याट माइन हो जो सँग उनको विवाह २००३ मा भएको थियो । स्टर्मी डेनियल १७ मार्च १९७९ मा लुइसियानाको ब्याटन रुजमा जन्मिएकि तथा टेक्सासको एउटा सानो शहरमा हुर्किएकि हुन । १९९० को दशकको अन्त तिर उनि वयस्क फिल्म उद्योगमा प्रवेश गरिन भने त्यहाँ उनले चाँडै नै आफ्नो छाप छोडदै उद्योगको प्रसिद्ध नाम मध्ये एक बन्न सफल भइन ।

प्रतिक्रिया