प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
नेपालखोज
२०७९ चैत २४ गते ८:०५

काठमाडाैं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवन बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक, २०७८ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित
प्रतिक्रिया