आईपीएल, २०२३- केकेआरका चियरलिडरको पारीश्रमिक सबैभन्दा बढि

काठमाडाैं । जब कुनै खेलाडीले चौका वा छक्का प्रहार गर्छ वा विकेट लिन्छन तब बाउन्ड्रीको अर्को छेउमा रहेका चियरलिडरहरूले आफ्नो टिमको उत्साह बढाउने काम गर्छन् ।
आईपीएलका पछिल्ला केही सिजनमा कोरोनाका कारणले चियरलिडर्स देखिएका थिएनन् तर यो सिजनमा उनिहरु पनि फर्किएका छन् । चियरलिडरहरूले करोडौंमा बिक्रि भएका खेलाडीहरूको टिमको मनोबल बढाउँछन् तर यी चियरलिडरहरू आफैंले कति कमाउँछन् ? कुन फ्रेन्चाइजले चियरलिडरहरूलाई कति पारिश्रमिक दिन्छन ?
आईपीएल हेरिरहेका अधिकांश मानिसको दिमागमा चियरलीडरहरूको विलासी जीवनशैलीलाई लिएर प्रश्न पनि उठ्ने गरेको छ। वास्तवमा सबै चियरलीडरको पारिश्रमिक समान हुँदैन । सबै फ्रेन्चाइजीले चियरलीडरहरूलाई फरक- फरक पारिश्रमिक दिन्छन् । चियरलीडरहरुलाई आईपीएलका टिमहरुले प्रत्येक खेलका लागि १५ देखि ४० हजार रुपैयाँसम्म पारिश्रमिक दिन्छन् ।
कोलकाता नाइट राइडर्सले आफ्ना चियरलिडरलाई सबैभन्दा बढी पारिश्रमिक दिन्छ । केकेआरले आफ्ना प्रतेक चियरलिडरलाई प्रती खेल लगभग ४० हजार रुपैयाँ प्रदान गर्छ ।
हेरौं चियरलिडरको पारिश्रमिक सुचि प्रति खेल प्रतेक खेलका आधारमा :
कोलकाता नाइट राइडर्स- ३९, ३१८ रुपैयाँ
मुम्बई इन्डियन्स- ३२, ७६६ रुपैयाँ
रोयल च्यालेन्जर्स बेंगलोर- ३२, ७६६ रुपैयाँ
राजस्थान रोयल्स- २३, ५९० रुपैयाँ
पञ्जाब किंग्स- १९, ६५९ रुपैयाँ
सनराइजर्स हैदरावाद- १९, ६५९ रुपैयाँ
चेन्नई सुपर किंग्स – १९, ६५९ रुपैयाँ (नेपाली रुपैयाँमा)
आईपीएल पार्टटाइम काम
चेन्नई सुपर किंग्स, सनराइजर्स हैदरावाद, पञ्जाब किंग्स तथा दिल्ली क्यापिटल्सका चियरलिडरहरूको पारिश्रमिक केकेआरको भन्दा धेरै कम छ ।
यी चियरलिडर्स प्राय : युक्रेन, रुस, नर्वे तथा बेल्जियमका हुन् । केही रिपोर्ट अनुसार धेरैजसो चियरलीडर फरक-फरक पेशामा आबद्ध छन् र उनीहरूका लागि आईपीएलको यो काम पार्ट टाइम जब मात्र हो ।
प्रतिक्रिया