बुधबार, वैशाख १०, २०८२

 गृहको प्रष्टीकरण- बुबा नहुँदा आमाको थरबाट दर्ता

नेपालखोज २०७९ चैत २४ गते २१:२१

काठमाडौं । गृह मन्त्रालयले बालबालिकाको जन्मदर्ता गर्ने सम्बन्धमा स्पष्ट पारेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक तीर्थराज भट्टराईले परिपत्र जारी गर्दै एकल महिलाबाट जन्मेको बच्चको स्थायी ठेगाना राख्दा बुबाको नाम ठेगाना पत्ता नलागेको यकिन गरी आमाको थर र स्थायी ठेगाना राखेर घटना दर्ता गराउन वडा कार्यालयहरुलाई निर्देशन दिएका हुन् ।

यसैगरी दलित बालबालिकाको जन्म दर्ता गर्दा सूचकले आफ्ना बच्चाको थरमा बुबा आमाको भन्दा फरक थर उल्लेख गरी दर्ता गराउन चाहेमा राष्ट्रिय दलित आयोगद्वारा प्रकाशित दलत जातीय अनुसूची विवरणमा उल्लेख भएका दलित जातिभित्रको थरहरुमध्येबाट सूचना फारममा उल्लेख गरिएअनुसारको थर राखी जन्म दर्ता गराइदिने भनिएको छ ।

प्रतिक्रिया