बिहीबार, वैशाख ११, २०८२

नेपाली नाटक जापानमा

नेपालखोज २०७९ चैत २५ गते ७:३१

काठमाडौं । नेपाली नाट्य कर्मीले तयार पारेको ‘इम्ब्रियोनिक’ नाटक आज जापानमा मञ्चन हुँदैछ । इन्द्रेणी थिएटरको प्रस्तुति रहेको उक्त नाटक आगामी आज अप्रिल ८ तगा भोली अप्रिल ९ मा जापानको इतावासीस्थित सबटेरेनियम थिएटरमा मञ्चन गरिने उक्त संस्थाले बताएको छ । इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलका अनुसार इम्ब्रियोनिक नाटक मानव विकासक्रम र सङ्घर्षको गाथामा आधारित छ ।

टिकटमा प्रस्तुत गरिने उक्त नाटक जापानमा दुई सो प्रदर्शन गर्न लागिएको बताइएको हो । केही महिना अघि मात्र तयार भएको उक्त नाटक कास्कीको पोखरा–१९ को ढिकीडाँडा रिसोर्ट, पोखरा थिएटर र काठमाडौंको मण्डला थिएटरमा प्रदर्शन गरिसकिएको जानकारी अध्यक्ष पौडेलले दिएका छन ।

प्रतिक्रिया