बुधबार, वैशाख १०, २०८२

पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सुशील विष्ट विजयी

नेपालखोज २०७९ चैत २६ गते ८:२४

काठमाडाैं । ललितपुरको पाटन क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका सुशील विष्ट विजयी भएका छन् । उनले ८ सय ४१ मत प्राप्त गरेका छन् भने उनका निकटतम् प्रतिस्पर्धी अनेरास्ववियुका सुरेश जिसीले ६ सय ७२ मत ल्याए ।

नेविसंघका इकाई उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेद्वारी दिएका थिए । गएराति भएको मतगणनामा स्ववियु सचिवमा अविनास भण्डारी र कोषाध्यक्ष तिलक कुमाल विजयी छन् ।

पाटन क्याम्पसमा नेविसङ्घको आन्तरिक विवादका कारण चैत ५ गते हुन नसकेको चुनाव हिजो भएको थियो ।

प्रतिक्रिया