के हामीले चैत्र २६ लाई बिर्सिएकै हौ त ?

काठमाडाैं । २०१७ सालमा नेपाली कांग्रेसको जननिर्वाचित सरकारलाई हटाएर राजा महेन्द्रले पंचायती ब्यबस्थाको शुरुवात गरेका थिए। २०३६ सालको आन्दोलन पछि जनतालाई पंचायत वा बहुदलीय ब्यबस्था रोज्न लगाए । तर यसमा पनि बहुदलिय पक्षधरहरुको हार भयो । अन्तत बहुदलीय पक्षधरहरुको संयुक्त बैठकबाट २०४६ साल फागुन ७ बाट देशैभर जनआन्दोलनको शुरुवात गर्ने तयारी भएको थियो ।
२०४६ फागुन ७ मा राजा विरेन्द्रको पोखरा सवारी क्रममा पोखरामा भव्य पञ्चर्यालीको तयारी हुदै थियो । उता चाक्सीवारीमा माघ ५-७ मा बिभिन्न दलहरु आबद्ध नेता कार्यकर्ता तथा भारतीय प्रतिनिधीको बिच फागुन ७ बाट आन्दोलन चर्काउने निर्णय भएको थियो । आर कि पारको निती लिएको त्यो आन्दोलन फागुन ७ मा काठमाडौंबाट शुरु भयो नभन्दै चर्कियो पनि । चैत्र २४ को राती दुइदिने कर्फ्यू लगाइयो ।
चैत्र २४ को दिउसो ठूलो भिड राजदरवार तर्फ लाग्दा बाटोमा रहेको महेन्द्रको शालिकमाथी पनि तोडफोड शुरु भयो । शालिकमा चढेर राजदण्ड निकाल्दै गरेका तारा खड्का माथी सेनाले गोलि चलायो । चैत्र २६ गते राती राजाको भाषणमा संविधानबाट निर्दलिय शब्द हटाएको तथा दलहरु माथिको प्रतिबन्धको फुकुवा भएको घोषणा गरे । यसरी तीस वर्ष लामो दलहरु माथिको प्रतिबन्धबाट फुकुवा त पाए तर पंचायती ब्यबस्थाको अन्त भइसकेको थिएन । साथै बहूदलीय ब्यबस्थाको पनि घोषणा भएको थिएन । अन्तत २०४७ बैशाख ३ गते कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रित्वमा सरकार गठन भयो । र राजाले पञ्चायतका सम्पूर्ण निकाय भंग भएको घोषणा गरे । यसरी देशमा बहुदलीय ब्यबस्थाको शुरुवात भयो ।
यस पछि २०६२-६३ को आन्दोलनले देशमा गणतन्त्रको स्थापना भयो । तर आम नेपालीको जीवनमा केही पनि परिवर्तन आएन। आयो त केवल दल आबद्ध नेता तथा कार्यकर्ताको जीवनस्तरमा परिवर्तन आयो । च्याट्टिएको झोला बोकेर थोत्रो चप्पल घिसार्दै हिड्ने दलीय नेताहरुका राजधानीमा आलिशान महलहरु ठडिए । तर यस सफलताको श्रेयको निर्णायक दिन चैत्र २६ लाई भने बिर्सिए ।
पहिलो तस्विरका फोटोग्राफर थाहा भएन दोश्रो तस्विरका फोटोग्राफर मीन बज्राचार्य हुनुहुन्छ ।
प्रतिक्रिया