तनहुँ- १ : राप्रपाकी उम्मेद्वार शोभा गुरुङ चेक बाउन्समा मुद्दामा दोषी ठहर
नेपालखोज
२०७९ चैत २६ गते १९:४९

काठमाडौं । तनहुँ- १ को उपनिर्वाचनमा राप्रपाकी उम्मेद्वार शोभा गुरुङ चेक अनादरको मुद्दामा दोषी ठहर भएकी छन् । उच्च अदालत पाटनले आइतबार गुरुङलाई खातामा पर्याप्त रकम नभई चेक काटेको मुद्दामा दोषी ठहर गर्दै ३ दिन कैद सजाय सुनाएको हो ।
न्यायाधीशहरु ऋषिराम दवाडी र राजेन्द्र खरेलको इजलासले उनलाई दोषी ठहर गर्दै जाहेरीकर्ता लक्ष्मी कुमारी लिम्बुलाई १० लाख रुपैयाँ भराउने आदेश गरेको हो । उच्च अदालतले उनीमाथि १० लाख रुपैयाँ जरिवाना तिराउने आदेश गरेको छ । अनि थप ४० हजार रुपैयाँ क्षतिपूर्ति कोषमा तिराउने आदेशसमेत गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया