रिंकु सिंह : अलिगढमा भुँइ पुछने युवाको अबिश्वसनिय प्रदर्शन

काठमाडाैं । सामान्यतया मानिसहरु जीवनमा वा व्यवसायमा विकल्पको कुरा गर्छन् तर विकल्प नभएकाहरुले के गर्ने ? उनीहरू त्यही काममा लाग्छन् जुन उनिहरुले गरिरहेका छन् र त्यसपछि एक दिन यस्तो आउँछ कि अलीगढको एक साधारण परिवारको केटा आईपीएलको स्टार बन्छ । हो, २४ वर्षका रिंकु सिंहको सफलताले देखाउँछ कि यदि तपाईको इच्छाशक्ति बलियो छ र तपाईको मनोबल उच्च छ भने तपाईले आकाश पनि छुन सक्नुहुन्छ । रिंकु सिंहको कथाले यहीँ भन्छ ।
हिजो (आइतबार) खेलिएको पहिलो खेलमा- गुजरात टाइटन्स विरुद्ध केकेआरले जितका लागि अन्तिम ओभरमा २९ रन जोड्नु परेको थियो । टोलीलाई जितका लागि २०५ रनको लक्ष्य दिएको थियो र केकेआरका सबै दिग्गज ब्याट्सम्यान आउट भएका थिए । अन्तिम ओभरमा चुनौतीलाई असम्भव मानिँदैन् तर रिंकु सिंहले आफ्नो उत्कृष्ट ब्याटिङले असम्भवलाई सम्भव बनाएका थिए । उनले अन्तिम ओभर बलिङ गरिरहेका यश दयालको लगातार पाँच बलमा पाँच छक्का प्रहार गर्दै केकेआरलाई तीन विकेटको जित दिलाए।
बायाँ हाते युवा ब्याटसम्यान रिंकु सिंह इन्डियन प्रिमियर लिग (आइपिएल) इतिहासमै अन्तिम ओभरमा लगातार पाँच छक्का हान्ने पहिलो खेलाडी हुन् । आइतबार साँझ कोलकाता नाइट राइडर्सलाई गुजरात टाइटन्सविरुद्ध तीन विकेटको अविश्वसनीय जित दिलाउन हिरो बनेका रिंकुले नयाँ इतिहास रचेका हुन् ।
जितका लागि २ सय ५ रनको विशाल विजयी लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । अन्तिम पाँच बलमा कोलकातालाई जितको लागि २८ रन चाहिँएको थियो । रिंकु सिंहले तीव्र गतिका बलर यश दयाललाई लगातार पाँच छक्का हान्दै अविश्वसनीय जित दिलाए ।
रिंकु आइपिएल इतिहासमै अन्तिम ओभरमा लगातार पाँच छक्का हान्दै खेल जिताउने पहिलो खेलाडी बन्न पुगेका छन् । समग्रमा उनी आइपिएलमा लगातार पाँच छक्का हान्ने दोस्रो खेलाडी हुन् । यसअघि २०१२ मा रोयल च्यालेन्जर्स बेंगलोरका क्रिस गेलले पुणे वारियर्सका राहुल शर्मालाई १३ औं ओभरको अन्तिम पाँच बलमा पाँच छक्का हानेका थिए ।
२०२० मा राजस्थान रोयल्सका राहुल टेवाटियाले पन्जाब किंग्सका शेल्डन कटरेललाई एकै ओभरमा पाँच छक्का हानेका थिए तर त्यो लगातार थिएन । टेवाटियाले १८ औं ओभरको सुरुवाती चार र अन्तिम बलमा गरि पाँच छक्का हानेका थिए । त्यस्तै चेन्नई सुपर किंग्सका रविन्द्र जडेजाले बेंगलोरका हर्षल पटेललाई पहिलो इनिङको अन्तिम ओभरमा पाँच छक्का हानेका थिए ।जडेजाको पनि लगातार थिएन ।
अन्तिम ओभरमा २९ रन बनाउँदै खेल जित्ने कोलकाता पहिलो टिम हो । यसअघि अन्तिम ओभरमा २०१६ मा राइजिङ पुणे सुपर जायन्ट्सले पन्जाक किंग्स ११ विरुद्ध २३ रन बनाउँदै जित हात पारेको थियो । गतवर्ष गुजरात जायन्ट्सले अन्तिम ओभरमा २२ रन बनाउँदै सनराइजर्स हैदराबादविरुद्ध जित हात पारेको थियो । रिंकु २१ बलमा १ चौका र ६ छक्कासहित ४८ रनमा अविजित रहँदै खेलको प्लेयर अफ द म्याच बने ।
गत वर्ष पनि उनले केकेआरका लागि यस्तै इनिङ खेलेका थिए । त्यसपछि उनले क्रिकेट समालोचक हर्षा भोगलेलाई भने, ‘पाँच वर्ष भयो, खेलेको र पर्खिएको । यो रिंकु सिंहको भरोसा हो जसको कुनै समाचार बनेको छैन । यो निरन्तर संघर्षका कारण आएको हो र यसमा उनको क्षमता पनि समावेश छ, जसका कारण उनी सन् २०१८ देखि कोलकाता नाइट राइडर्समा छन् ।
रिंकु सिंहको कथा समाजको त्यो वर्गको युवाको कथा हो, जसले गरिबीका दिन देख्यो । रिंकु सिंहमा सानै उमेर देखि क्रिकेटले आफ्नो भाग्य बद्ल्ने बिश्वास थियो । उनलाइ लाग्थ्यो भाग्य परिवर्तन हुन सक्छ । भारत, उत्तर प्रदेशमा पर्ने अलिगढ सहरका एक ग्यास विक्रेताका पाँच छोरामध्ये एक रिंकु सिंह आफ्नो स्कूल जीवन देखि नै क्रिकेटमा रमाउँथे तर घरको परिस्थिति फरक थियो।
कोलकाता नाइट राइडर्सको वेबसाइटमा उनको एउटा भिडियो अनुसार, “बुबाले मलाई खेलमा समय खेर नफाल्न भन्नू हुन्थ्यो। त्यसैले मैले घरमा कुटाई पनि खान्थे । घर आउँदा बुवा लाठी लिएर मलाई पर्खिरहनु भएको हुन्थ्यो । यद्यपि दाजुभाइले उनलाई साथ दिए र हरेक अवसरमा क्रिकेट खेल्ने बातावरण मिलाई दिए । तैपनि उनी सँग बल किन्ने पनि पैसा हुँदैनथ्यो । यसबिच एउटा प्रतियोगिता यस्तो पनि आयो जब रिंकु सिंहले उत्कृष्ट प्रदर्शनका लागि मोटरसाइकल पुरस्कार पाए । उनले त्यो मोटरसाइकल बुबालाई उपहार दिए ।
अलिगढका व्यापारीहरूको घर देखि उद्योग सम्म ग्यास सिलिण्डर पुर्याए पनि वर्षौं देखि मोटरसाइकल किन्न नसकेका बुवा त्यस पछि पग्लिए । छोराले क्रिकेटमा पाएको पुरस्कार देखेर उनलाई लाग्यो यसबाट पनि कमाई हुँदोरहेछ , त्यसैले बाउ-छोराको झगडा सकियो । तर परिवारका सामु आर्थिक चुनौती कायमै थियो । कामको खोजीमा रहेका रिंकु सिंहले एक दिन जागिर पनि पाए । उनले भनेका छन्, “मैले एउटा कोचिङ सेन्टरमा भुँई पुछने काम पाएको थिएँ । तर मैले त्यसलाई निरन्तरता दिन सकिन। मैले जागिर छोडे, मलाई काम मन परेन। पढाइ पनि मेरो साथमा थिएन् । त्यतिबेला मलाई क्रिकेटमा मात्र ध्यान दिनुपर्छ भन्ने लाग्यो । मलाई लाग्यो कि क्रिकेटले मात्र मलाई अगाडि बढाउन सक्छ, मसँग अर्को विकल्प पनि थिएन। तर क्रिकेटको बाटो कहाँबाट खुल्छ उनलाई थाहन थिएन । रिंकु सिंहलाई अन्डर-१६ को ट्रायलमा के गर्ने भन्ने पनि जानकारि थिएन । दुई पटक उनी त्यसको पहिलो राउण्डबाटै बाहिरिए । यस्तो अवस्थामा अलिगढका मोहम्मद जीशानले उनलाई सहयोग गरे । मसूद अमीनले रिंकु सिंहलाई प्रारम्भिक दिनदेखि कोचिङ दिएका थिए र उनी आज पनि उनको प्रशिक्षक नै छन् । मोहम्मद जिशानबाट प्राप्त सहयोगको बारेमा रिंकु सिंह भन्छन्- मेरो जिवनमा उहाँको सहयोग र मार्गदर्शनको महत्वपूर्ण योगदान छ । त्यसपछि शाहरुख खानको कोलकाता नाइट राइडर्सले उनलाई ८० लाख भारतिय रुपैयाँमा २०१८ मा आईपीएलका लागि अनुबन्ध गर्यो । यो त्यतिबेलाको कुरा हो जब रिंकु सिंहलाई कसैले चिन्दैनथ्यो, यद्यपि उत्तर प्रदेशको घरेलु क्रिकेटमा उनको प्रदर्शन राम्रो थियो ।
सिंहका अनुसार, “म अलिगढबाट आईपीएलमा पुग्ने पहिलो खेलाडी भएँ। मैले यति पैसा पाएँ कि परिवारमा कसैले त्यति धेरै पैसा देखेको थिएन । त्यो पैसाले घरका सबै समस्या समाधान गर्यो । उनले जग्गा लिएर घर बनाए, परिवारको ऋण चुक्ता गरे..” यो सबै त भयो तर वास्तविक चमत्कार हुन बाँकी थियो। उनले आइपिएलमा आफ्नो खेलबाट मानिसहरूलाई चकित पार्नु थियो, तर यसैको पर्खाइमा सिजन सकिएको थियो र रिंकुले पाएका अवसरहरूमा खासै केही गर्न सकेनन् ।
तर अब रिंकु सिंहले यसपटक चमत्कार देखाए । बायाँ हाते ब्याट्सम्यान र दायाँ हाते अफब्रेक बलर रिंकु एक दिन भारतका लागि क्रिकेट खेल्ने सपना देख्छन् तर यसका लागि उनले आईपीएल र घरेलु क्रिकेटको आफ्नो उपयोगी इनिङलाई विस्फोटक इनिङ्समा परिणत गर्नुपर्नेछ। रिंकु सिंहले २०१६ देखि उत्तर प्रदेशका लागि प्रथम श्रेणीको क्रिकेट खेल्दै आएका छन् र उनले ५ शतक र १६ अर्धशतकको सहयोगमा २३०७ रन बनाएका छन् ।
प्रतिक्रिया